NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

अर्जेन्टिना ३२ खेलसम्म अपराजित, कुन थियो पराजित भएको अन्तिम खेल ?

काठमाडौं । अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ ।

बेलायतको लण्डनमा गएराति भएको ‘ग्राण्ड फाइनल’मा युरोपियन च्याम्पियन इटालीमाथि ३–० को सहज जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले उपाधिमात्र जितेन यसअघिको आफ्नै कीर्तिमानसमेत भंग गरेको छ ।

अर्जेन्टिनाले यसअघि सन् १९९१ देखि ९३ सम्ममा बनेको आफ्नै ३१ खेलको अपराजित यात्रा तोडेको छ । अब अर्जेन्टिना ३२ खेलसम्म अपराजित टोली बनेको छ ।

ग्राबियल बाटिस्टुटाको प्रेरणामा रहेको अर्जेन्टिनाले सो बीचमा कोपा अमेरिकाका दुईवटा उपाधि जितेको थियो ।

अहिले लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३२ खेल अपराजित यात्रा गर्ने क्रममा ०२१ मा ब्राजिललाई उसकै मैदानमा हराउँदै कोपा अमेरिकाको उपाधि जित्नुका साथै विश्वकपमा पनि सजिलै छनोट भइसकेको छ । साथै, इटालीलाई हराउँदै युरोप–दक्षिण अमेरिका कप पनि जितेको छ ।

मेसीप्रेरित अर्जेन्टिना ०१९ मा भएको कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले हारेयता अपराजित छ । सो खेल ०१९ को जुलाई २ मा भएको थियो ।

यससँगै अर्जेन्टिनाले झण्डै ३ वर्षसम्म अपराजित यात्रा कायम राखेको छ ।

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो ‘ग्राण्ड फाइनल’ च्याम्पियन – NepalWatch

 

ताजा अपडेट

नेपालवाच विशेष