तारा एयर दुर्घटनाका मृतकको अन्त्येष्टि गरियो
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको अन्त्येष्टि गरिएको छ ।
शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा बुझेसँगै शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार आज अन्त्येष्टि गरिएको हो ।
गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुसहित २२ जनाको निधन भएको थियो ।
सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि आज बिहान आफन्तलाई बुझाइएको थियो । शव बुझेसँगै आ–आफ्ना रीतिरिवाजअनुसार विभिन्न ठाउँमा अन्त्येष्टि गरिएको छ ।
सो दुर्घटनामा धनुषाको मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।
मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ भने दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ ।
तारा एयरकाे विमान दुर्घटना : मृतकका शव परिवारलाई बुझाइयो – NepalWatch
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया