NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

घुस लिँदालिँदै विद्यालयका प्रधानाध्यापक र अध्यक्ष पक्राउ

काठमाडौं । महोत्तरीको एक विद्यालयका प्रधानाध्यापक र अध्यक्ष घुस लिँदालिँदै पक्राउ परेका छन् ।

एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समितिका अध्यक्ष विनाद पासवान घुस लिँदैगर्दा रकमसहित पक्राउ परेका हुन् ।

उनीहरूलाई ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट प्रधानाध्यापक र अध्यक्षले घुस मागिरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

‘घुस लिइरहेको सूचनाका आधारमा अख्तियारले काठमाडौं र बर्दिबासको संयुक्त टोली होटल पुगेको थियो,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले घटनास्थलमा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मुचुल्का तयार पारेर पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाही गर्न कार्यालय बर्दिबास लगेको छ ।

No description available.