लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव
लमजुङ । जिल्लामा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा पठनपाठनमा समस्या भएको छ ।
मर्स्याङ्दी गाउँपालिका–३, खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँच किताब किन्न पाए पनि चारवटा अझै नपाउँदा अध्ययनमा समस्या भएको उनले गुनासो गरे ।
सोनिका जस्ता जिल्लाका हजारौं विद्यार्थीको दुःखेसो उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ ।
विद्यार्थी चिन्तित छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ ।
पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ । सरकारले पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने भनेको छ । बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, “पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत किताब उपलब्ध नहुँदा समस्या भएको छ ।”
बेँसीसहर–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापा किताब उपलब्ध हुन कति समय लाग्छ भन्न सकिने अवस्था नभएको बताउँछन् । स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको पुस्तक पसल सञ्चाल बताउँछन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयले पुरानै किताबबाट पठनपाठन गराउँदै आएका छन् ।
“जतिसक्दो चाँडो किताब जिल्लामा उपलब्ध गराउनका लागि पहल गरेका छौं,” उनले भने । जिल्लामा सामुदायिकतर्फ ३३६ र निजीतर्फ ३३ विद्यालय छन् । सामुदायिक विद्यालयमा झण्डै २६ हजार र निजीतर्फ नौ हजार विद्यार्थी अध्ययनरत छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया