युरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध

काठमाडौं (एजेन्सी) । युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिवन्ध लगाउने औपचारिक निर्णय शुक्रबार गरेको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दबाब दिएको हो ।
रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनुपर्ने बारेमा लामो छलफलपछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।
यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत् विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।
रूसले युक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया