माओवादीको पूर्वस्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्वस्थायी समिति बैठक बस्दैछ । शनिबारका लागि तय भएर अन्तिममा तयारी नपुगेको भन्दै स्थगित बैठक आइतबार बस्न लागेको हो ।
पार्टी अध्यक्षको खुमलटारस्थित निवासमा अहिले बिहान साढे ८ बजे पूर्वस्थायी समिति बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रले महाधिवेशन सम्पन्न गरी सके पनि स्थायी समिति गठन गर्न सकेको छैन ।
अहिले केहीबेरमा बस्न लागेको स्थायी समिति बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीको उपस्थिति र गठबन्धनको प्रभावकारिताबारे समीक्षा गर्ने एजेण्डा छ । ०७४ को स्थानीय तह निर्वाचनको तुलनामा यसपटक माओवादी केन्द्रले आफ्नो अवस्था थोरै सुधार गरेको छ । तर माओवादी गठबन्धनबाट पूर्ण सन्तुष्ट छैन । महानगरपालिका, उपमहानगरपालिकालगायत तालमेल भएका कतिपय स्थानीय तहमा गठबन्धन दलले इमान्दारितापूर्वक नसघाएको माओवादी गुनासो छ ।
त्यसैगरी, पदाधिकारीलाई पूर्णता दिने विषयमा पनि पूर्वस्थायी समिति बैठकमा छलफल हुनेछ । माओवादीले गत पुस महिनामा नै महाधिवेशन सम्पन्न गरे पनि महासचिवलगायत पदाधिकारी अझै रिक्त छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया