माओवादीको पूर्वस्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्वस्थायी समिति बैठक बस्दैछ । शनिबारका लागि तय भएर अन्तिममा तयारी नपुगेको भन्दै स्थगित बैठक आइतबार बस्न लागेको हो ।
पार्टी अध्यक्षको खुमलटारस्थित निवासमा अहिले बिहान साढे ८ बजे पूर्वस्थायी समिति बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रले महाधिवेशन सम्पन्न गरी सके पनि स्थायी समिति गठन गर्न सकेको छैन ।
अहिले केहीबेरमा बस्न लागेको स्थायी समिति बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीको उपस्थिति र गठबन्धनको प्रभावकारिताबारे समीक्षा गर्ने एजेण्डा छ । ०७४ को स्थानीय तह निर्वाचनको तुलनामा यसपटक माओवादी केन्द्रले आफ्नो अवस्था थोरै सुधार गरेको छ । तर माओवादी गठबन्धनबाट पूर्ण सन्तुष्ट छैन । महानगरपालिका, उपमहानगरपालिकालगायत तालमेल भएका कतिपय स्थानीय तहमा गठबन्धन दलले इमान्दारितापूर्वक नसघाएको माओवादी गुनासो छ ।
त्यसैगरी, पदाधिकारीलाई पूर्णता दिने विषयमा पनि पूर्वस्थायी समिति बैठकमा छलफल हुनेछ । माओवादीले गत पुस महिनामा नै महाधिवेशन सम्पन्न गरे पनि महासचिवलगायत पदाधिकारी अझै रिक्त छन् ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया