NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सातामा दुई दिन बिदाबाट जनतालाई सास्ती भो, तत्काल खारेज गर : चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले सातामा दुई दिन बिदा अति अव्यवहारिक देखिएको बताएकी छन् । यसबाट जनताले दुःख पाएकाले तत्काल खारेज गर्नुपर्ने उनको माग छ ।

‘आइतबारसमेत हप्तामा दुई दिन बिदा दिने कुरा अति अव्यवहारिक रहेछ,’ चौधरीले लेखेकी छन्, ‘जनताले दुःख पाए । तत्काल खारेज गर ।’

कामभन्दा बिदा बढी भएकाले जनबोली सुनेर यसलाई सच्याउन चौधरीको आग्रह छ ।

पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै सरकारले यसअघि दिँदै आएको शनिबारको सार्वजनिक बिदामा आइतबार थपेर दुई दिन बनाएको छ । यसबाट आमनागरिकले असुविधा झेलेकाले खारेज गर्नुपर्ने माग उठिरहेको छ ।