भारतमा एकदिनमा चार हजारभन्दा बढी कोरोना सङ्क्रमित
एजेन्सी । भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ जनामा कोरोना सङ्क्रमण भएको थियो ।
त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २४ हजार ५२ रहेका छन् । यो भारतमा हाल सम्म भएका कोरोना सङ्क्रमितको १।०३ प्रतिशत भएको जनाइएको छ ।
शनिबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ६१९ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २८ हजार ९३ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७३ प्रतिशत रहेको छ ।
भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड २६ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५३ लाख ५८ हजार ८६५ हजार खोप लगाइएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया