चट्याङ लागेर एक जनाको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो ।
काम गरेर घर फर्किंदै गरेको अवस्थामा थारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । चट्याङ लागेर घाइते भएका थारूको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको पाठकले बताए ।
पाठकका अनुसार चट्याङबाट थारूको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया