युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा
काठमाडौं । युक्रेनलाई पराजित गर्दै ६४ वर्षपछि वेल्स फिफा विश्वकपमा छनोट हुन सफल भएको छ ।
आइतबार राति सम्पन्न युरोपियन प्ले अफमा युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्दै वेल्स विश्वकपमा छनोट भएको हो ।
वेल्सलाई विश्वकपमा पुर्याउन आत्मघाती गोल सहयोगी बन्यो । आन्द्रेई यार्मोलेन्को ३४ औँ मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए ।
वेल्स सन् १९५८ पछि पहिलोपटक विश्वकपमा छनोट हुन सफल भएको हो ।
विश्वकपमा वेल्स समूह बीमा समेटिएको छ । यो समूहमा इंग्ल्याण्ड, अमेरिका र इरान छन् ।
वेल्सको जितसँगै युद्धग्रस्त युक्रेनको भने विश्वकप २०२२ मा सहभागी हुने सम्भावना अन्त्य भएको छ । चार दिनअघि भएको प्ले अफको सेमिफाइनलमा स्कटल्याण्डलाई हराउँदै युक्रेन फाइनलमा पुगेको थियो । तर, फाइनलमा पराजित हुन पुग्यो ।
युद्धकै कारण प्ले अफका दुई खेल पछि सरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया