सलमान खान र उनका बुबालाई ज्यान मार्ने धम्की
मुम्बई । अभिनेता सलमान खान र उनका बुवा सलिम खानलाई आइतबार धम्कीपूर्ण पत्र आएको छ ।
सलमान र सलिम दुवैलाई ज्यान मार्ने धम्कीसहितकाे पत्र भेटेपछि बान्द्रा प्रहरीले अज्ञात व्यक्तिविरुद्ध एफआईआर पनि दर्ता गरेर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रिपोर्टका अनुसार, यो धम्कीपूर्ण पत्र सलिम खानका गार्डले बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनेडमा फेला पारेका थिए ।
मिडिया रिपोर्टका अनुसार सलमान र सलीम खानलाई चिठ्ठीमा उनीहरुको हालत केही दिन अघि गोली हानेर हत्या गरिएका पञ्जाबी गायक सिद्धु मूसेवालाको जस्तै बनाइदिने भन्दै धम्की दिइएको छ ।
पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि मुम्बई प्रहरीले यसअघि सलमान खानको सुरक्षा बढाएको थियो ।
वास्तवमा मूसेवालाको हत्यामा ग्याङ्स्टर लरेन्स बिश्नोईको नाम आएको थियो, उनले सन् २००८ मा पनि सलमानलाई मार्ने धम्की दिएका थिए । यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले सलमानको सुरक्षा बढाउने निर्णय गरेको थियो ।
अब सलमानको सुरक्षामा उनका निजी गार्डका साथै मुम्बई प्रहरीका केही सिपाही हुनेछन् । मुम्बई प्रहरीका एक अधिकारीले भने, ‘हामीले सलमान खानको सुरक्षा बढाएका छौं । उनको अपार्टमेन्ट वरिपरि प्रहरी तैनाथ हुनेछन् ।’
कालो हरिण शिकार प्रकरणमा लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने षड्यन्त्र रचेको आरोप लागेको थियो । बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले त्यसको शिकार गरेको आरोपमा लरेन्सले सलमान खानलाई मार्ने धम्की दिएका थिए । सन् २००८ मा अदालतबाहिर लरेन्स बिश्नोईले जोधपुरमा सलमान खानलाई मार्ने बताएका थिए । उनले यो पनि भनेका थिए, ‘मैले अहिलेसम्म केही गरेको छैन, तर जब मैले सलमान खानलाई मार्नेछु, तब थाहा पाउनेछु । अहिले म अनावश्यक कुराहरूमा तानिएको छु ।’
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया