उच्च रक्तचाप नियन्त्रण गर्न बिहानै पिउनुहोस् याे चिया
काठमाडौं । अहिलेको व्यस्त समयमा गलत खानपान र तनावका कारण रक्तचापको समस्या सामान्यजस्तै बनेको छ । यो रोगलाई पटक्कै बेवास्ता गर्नु हुँदैन । यसका लागि उच्च रक्तचापको लक्षण देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।
साथै, रक्तचाप नियन्त्रण गर्न नुनको सेवन कम गर्ने र पोटासियम युक्त खानेकुरा बढी खाने, धुम्रपान र मद्यपानबाट टाढा बसेर दैनिक व्यायाम गर्ने गर्नुपर्छ ।
यदि तपाई पनि रक्तचापका बिरामी हुनुहुन्छ र रक्तचाप नियन्त्रण गर्न चाहनुहुन्छ भने यो हर्बल चिया दिनहुँ पिउनुहोस् । हर्बल चियाको सेवनले रक्तचापलाई नियन्त्रणमा राख्छ भन्ने धेरै अनुसन्धानमा खुलासा भएको छ ।
हरियो धनियालाई आयुर्वेदमा औषधीको दर्जा दिइएको छ । यो रक्तचापसहित अन्य धेरै रोगहरूमा लाभदायक साबित भएको छ । अमेरिका र युरोपलगायत विश्वका धेरै देशहरूमा स्वादका लागि यसको प्रयोग गरिन्छ ।
यसमा क्यारोटिनोइड्स र भिटामिन सीको गुण पाइन्छ, यसले रक्तचाप नियन्त्रणमा धेरै फाइदा पुर्याउँछ । ब्राजिलमा धनिया सबैभन्दा बढी खपत हुने एक अनुसन्धानले देखाएको छ । यसलाई हर्बल चिया बनाएर पनि सेवन गर्न सकिन्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया