रामचन्द्र पौडेलकी छोरी चार तलाबाट खसेर घाइते, आइसियुमा उपचार हुँदै
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलकी छोरी चार तला अग्लो घरबाट खसेर घाइते भएकी छिन् । चार तलामाथि खसेर घाइते भएपछि पौडेलकी ५० वर्षीय छोरी संज्ञा पाेखरेलको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएपछि आइसियुमा राखेर उनको उपचार भइरहेको हो । घटनालगत्तै उनलाई मनमोहन अस्पताल लगिएको थियो । शरिरमा धेरै नै चोटपटक लागेपछि उनलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लगिएको हो ।
उनको दायाँ खुट्टा दुई ठाउँमा भाँचिएको छ । दायाँ हात पनि भाँचिएको अस्पतालले जनाएको छ । कम्मरको हड्डी पनि भाँचिएको छ । शरिरका विभिन्न भागमा चोट लाग्नुका साथै अनुहार भरि चोट लागेको अस्पतालको भनाई छ ।
गम्भीर घाइते भएकी पोखरेलको क्रिटीकल केयर गरेर उपचार गर्नुपर्ने अस्पतालको भनाई छ ।
छोरीको अवस्था बुझ्न पौडेल अस्पताल पुगेका थिए ।
पवन हमालसहितका चिकित्सक उपचारमा खटिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया