समाप्त भयो नेपालको विश्वकप सपना
काठमाडौं । थाइल्याण्डसँग पराजित भएसँगै नेपालको विश्वकप क्रिकेट खेल्ने सपना समाप्त भएको छ ।
आइसिसी यु–१९ महिला टी २० विश्वकप एसिया छनोटको थाइल्याण्डसँग ४९ रनले पराजित हुँदै नेपालको सम्भावना सकिएको हो ।
जित्नैपर्ने खेलमा नेपाल थाइल्याण्डसँग ९० रनको लक्ष्य पछ्याउँदा ४० रनमा समेटिएर पराजित भएको हो ।
चार खेलमा नेपालले दुई जित र दुई हार बेहोरेको हो । नेपालले अन्तिम खेलमा मलेसियासँग खेल्नेछ । तर यो खेल जिते पनि नेपालको विश्वकप खेल्ने लक्ष्य पूरा हुने छैन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया