को–को हुन् बैंकिङ कसुर मुद्दामा पक्राउ परेका दुई महिला ?
काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई महिला पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरीलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जाहेरवालालाई झुक्यानमा पारेर खातामा रकम नभएको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सुब्बालाई कालोपुल र गिरीलाई नयाँबस्तीबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले पक्राउ परेकी सुब्बालाई विसं २०७६ फागुनमा १५ दिन कैद सजाय र रु ५० लाख जरिवाना तथा गिरीलाई विसं २०७६ माघमा १५ दिन कैद सजाय र रु ५४ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।
अदालतले उनीहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद र सजाय हुने फैसला सुनाएको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता महतोले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया