दुई वर्षीय बालकले लिए बाबुको ज्यान
काठमाडौं (एजेन्सी) । अमेरिकामा एक दुई वर्षीय बालकले आफ्नो बाबुको ज्यान लिएका छन् ।
फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको हो ।
भुइँमा रहेको झोलामा बन्दुक भेटेका ती अबोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा रेग्गी म्याब्रे गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएकोमा त्यहाँ उनको मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले बताएका छन् ।
प्रारम्भमा रेग्गीले आत्महत्या गरेको आशङ्का अनुसन्धान अधिकारीहरूले गरेका थिए । तर मृतकका जेठा छोराले आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाँडमा गोली लागेको बयान दिएका थिए ।
घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया