अत्यधिक वर्षापछि काठमाडौंको टुकुचामा आएको बाढीले चालकसहित मोटरसाइकल बगायो
काठमाडौं । बुधबार अपरान्ह अध्याधिक वर्षापछि काठमाडौंको टुकुचामा आएको बाढीले चालकसहित मोटरसाइकल बगाएको छ ।
धापासी घर भएका मोटरसाइकल चालक सुरज अर्यालाई बगाएको जिल्ला प्रहरी परिसर कार्यलय काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी २१ वर्षका अर्यालको सकुशल उद्धार गरिएको छ ।
उनले प्रयोग गरेको वाग्मती प्रदेश–०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल अहिलेसम्म फेला नपरेको प्रहरीले जनायो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया