NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

वैदेशिक रोजगारीमा गएकालाई असोजदेखि आइपिओमा आरक्षण

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई असोजदेखि प्राथमिक सेयर (आइपिओ) मा १० प्रतिशत सेयर छुट्याइने भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असोजदेखि आइपिओमा आरक्षण दिन लागेको जानकारी दिए ।

यसको मोडालिटीबारे भने टुंगो लाग्न बाँकी छ । सर्वसाधारण सेयरमार्फत छुट्याएर दिने कि छुट्टै आरक्षण दिने भन्ने विषयमा छलफल गरेर टुंगो लगाइने हमालले बताए ।