खाद्यको अधिकृत तहको लिखित परीक्षा रद्द
काठमाडौं । साविक खाद्य संस्थान (हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) ले ०७५/७६ मा लिइएको अधिकृत छैटौं तहको खुलातर्फको लिखित परीक्षा रद्द गरेको ।
सर्वोच्चको आदेश र लोक सेवा आयोगको पत्रपछि खाद्यले साढे तीन वर्षअघि सञ्चालन गरिएको लिखित परीक्षा रद्द गरेको हो ।
खाद्यले ०७५ चैत २६ र २७ गते अधिकृत छैटौं तहको लिखित परीक्षा सञ्चालन गरेको थियो । जसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।
सर्वोच्चले यसबारे फैसला गर्दै लिखित परीक्षा रद्द गर्न भनेको थियो ।
सर्वोच्चको फैसला कार्यान्वयन गर्न लोक सेवा आयोगले पत्राचार गरेपछि २१/०७५–७६ को विज्ञापनको लिखित परीक्षा रद्द गरिएको पदपूर्ति समितिले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया