हालसम्मकै उच्च बिन्दुमा पुग्यो डलर

काठमाडाैं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२४ रूपैयाँ ८ पैसा र बिक्रीदर १२४.६८ रुपैयाँ तोकेको छ ।
यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । त्यस्तै युरोपियन युरो एकको खरिददर भने १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८३ पैसामा कारोबार भइरहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ ३९ पैसा पुगेको छ । यसको बिक्रीदर ६९ रुपैयाँ ८२ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५५ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा छ । जापानी येन आज खरिददर ९ रूपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३२ रुपैया २४ पैसा रहेको छ ।
भारतीय रूपैयाँ आज खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया