अभिनेत्री महिमालाई क्यान्सर
मुम्बई । बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ ।
हालै अनुपम खेरले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै यसबारे खुलासा गरेका हुन् । अनुपम खेरले एउटा प्रोजेक्टमा काम गर्न बोलाउँदा महिमाले आफूलाई क्यान्सर भएको खुलाएकी थिइन् ।
भिडियोमा यसबारे कुरा गर्दा महिमा भावुक भइन् । भिडियो शेयर गर्दै अनुपमले महिमालाई ‘नायक’ भनेका छन् । अनुपमले लेखेका छन्, ‘मेरो ५२५ औं फिल्म ‘द सिग्नेचर’ मा मुख्य भूमिका निभाउनको लागि एक महिनाअघि अमेरिकाबाट महिमा चौधरीलाई बोलाएँ । म त्यतिबेला अमेरिकामा थिएँ । मैले त्यतिवेला उनी स्तन क्यान्सरसँग लडिरहेको जानकारी पाएँ । उनको जीवनशैली र मनोवृत्तिले विश्वका धेरै महिलाहरूलाई नयाँ प्रेरणा दिन सक्छ ।’
महिमाको जन्म १३ सेप्टेम्बर १९७३ मा दार्जिलिङमा भएको थियो । त्यसपछि महिमाले १९९७ मा आएको फिल्म ‘परदेस’ बाट आफ्नो करियर सुरु गरिन् । ।
तर, यो फिल्मपछि उनले त्यो सफलता भने पाउन सकिनन् । उनले सन् २००६ मा बबी मुखर्जीसँग विवाह गरेकी थिइन्, सन् २०१३ मा सम्बन्धविच्छेद भयो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया