स्थानीय तहको रोचक प्रतिस्पर्धा : १ सयभन्दा कम अन्तरले १८ पालिका जित्दा कांग्रेसले गुमायो २७ वटा
काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ मा सबैभन्दा ठूलो दल कांग्रेसले १८ वटा पालिकाको नेतृत्व एक सयभन्दा कम मतान्तरले जितेको छ ।
स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति मातहतको प्रदीप पौडेल नेतृत्वको अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा यो विषय उल्लेख छ ।
७५२ मध्ये ३२९ तहको नेतृत्व जितेर कांग्रेसले ४४ प्रतिशत हिस्सा ओगटेको बताएको छ ।
यसै क्रममा कांग्रेसले उम्मेदवारी दिएकामध्ये १८ पालिकामा १०० भन्दा कम मतान्तरले पालिकाको नेतृत्व जितेको हो । तर जितेको तुलनामा कांग्रेसले २७ पालिकाको नेतृत्व एक सय कम मतान्तरले गुमाएको छ ।
एक सयभन्दा बढी र पाँच सयभन्दा कम मतान्तरले कांग्रेस ७७ वटा तहमा विजयी भएको छ । यी ठाउँमा यही अन्तरले ५० पालिका प्रमुखमा पराजित भएका थिए ।
समग्रमा पाँच सय भन्दा कम मतान्तरले ९५ पालिका जित्दा कांग्रेसले ७७ वटा पालिकामा भने निकटतम प्रतिद्वन्द्वी भएर यही पाँच सय कम मतान्तरले पराजित भएको छ ।
स्थानीय तहको निर्वाचन : २०७४ भन्दा २०७९ मा कांग्रेसले कहाँ जित्यो ? कहाँ गुमायो ? सूचीसहित
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया