स्थानीय तहको रोचक प्रतिस्पर्धा : १ सयभन्दा कम अन्तरले १८ पालिका जित्दा कांग्रेसले गुमायो २७ वटा

काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ मा सबैभन्दा ठूलो दल कांग्रेसले १८ वटा पालिकाको नेतृत्व एक सयभन्दा कम मतान्तरले जितेको छ ।
स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति मातहतको प्रदीप पौडेल नेतृत्वको अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा यो विषय उल्लेख छ ।
७५२ मध्ये ३२९ तहको नेतृत्व जितेर कांग्रेसले ४४ प्रतिशत हिस्सा ओगटेको बताएको छ ।
यसै क्रममा कांग्रेसले उम्मेदवारी दिएकामध्ये १८ पालिकामा १०० भन्दा कम मतान्तरले पालिकाको नेतृत्व जितेको हो । तर जितेको तुलनामा कांग्रेसले २७ पालिकाको नेतृत्व एक सय कम मतान्तरले गुमाएको छ ।
एक सयभन्दा बढी र पाँच सयभन्दा कम मतान्तरले कांग्रेस ७७ वटा तहमा विजयी भएको छ । यी ठाउँमा यही अन्तरले ५० पालिका प्रमुखमा पराजित भएका थिए ।
समग्रमा पाँच सय भन्दा कम मतान्तरले ९५ पालिका जित्दा कांग्रेसले ७७ वटा पालिकामा भने निकटतम प्रतिद्वन्द्वी भएर यही पाँच सय कम मतान्तरले पराजित भएको छ ।
स्थानीय तहको निर्वाचन : २०७४ भन्दा २०७९ मा कांग्रेसले कहाँ जित्यो ? कहाँ गुमायो ? सूचीसहित
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया