थप २२ जनामा कोरोना पुष्टि, ११२ जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७५३ जनामा परीक्षण गर्दा पिसीआर विधिमा १२ जना र एन्टीजेन विधिमा १० जना गरी थप २२ जनामा कोरोना पुष्टि भएकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म पिसीआर विधिबाट ९ लाख ७९ हजार २३५ र एन्टीजेन विधिमार्फत एक लाख ४० हजार ३१२ जनामा परीक्षण गरिएको छ । गत २४ घण्टामा ९ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६७ हजार १७१ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
बिहीबार कसैको पनि मृत्यु भएको छैन् । देशभर मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ११२ जना सक्रिय संक्रमित रहेका छन् भने खोप लगाउनेको संख्या एक लाख १७ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया