जुम्लामा आगलागी, दुई घर जले

जुम्ला । गएराति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८, जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ ।
पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गएराति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
आगलागीबाट घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ ।
त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबेंसी नगरपालिका–३, सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।
राति ११ः३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ताजा अपडेट
-
‘गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन’-सञ्चार मन्त्री गुरुङ
-
अझै बस्न सकेन प्रतिनिधिसभा बैठक
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
प्रतिक्रिया