दैनिक नयाँ रेकर्ड कायम गर्दै डलरको भाउ, रूपैयाँको तुलनामा हालसम्मकै उच्च
काठमाडाैं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२४ रूपैयाँ १३ पैसा र बिक्रीदर १२४.७३ रुपैयाँ तोकेको छ ।
यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । हिजो डलरको खरिददर १२४ रूपैयाँ ८ पैसा र बिक्रीदर १२४ रूपैयाँ ६८ पैसा थियो । त्यस्तै युरोपियन युरो एकको खरिददर भने १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ १० पैसा पुगेको छ । यसको बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा छ । जापानी येन आज खरिददर ९ रूपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रुपैया २५ पैसा रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया