मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध
सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो ।
गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ ।
अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्ची आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गरेका छन् ।
‘अब ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन, वैकल्पिकरूपमा बाहुनेपाटीको पुल प्रयोग गर्न सकिन्छ’, प्रमुख तामाङले भने, ‘फट्टेको पुल पनि बाढीले बगाएको खण्डमा चनौटेको बेलिब्रिजको प्रयोग गर्नुपर्ने हुन्छ ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया