थप १७ जनामा कोरोना पुष्टि, ७ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७० जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमार्फत ७ र एन्टीजेन विधिमा १०जना गरी थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ७ जना निको भइ घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ६७ हजार १८१ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
शुक्रबार कसैको पनि मृत्यु भएको छैन । देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । शुक्रबार १०९ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ८० हजार ५०१ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया