NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

खोलाले बगाउँदा एकको मृत्यु

दमौली । शुक्लागण्डकी नगरपालिका- १० स्थित कुखुरे खोला बस्ने अन्दाजी ५२ बर्षीय यामबहादुर बिकलाई बामताङ्ग खोलाले बगाउँदा मृत्यु भएको छ ।

घर जानको लागि खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका बिक करीब चार सय मिटर तल ब्राहा खोलाको छेउमा मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार बिहान करिब १० बजेको समयमा बेपत्ता भएका बिकको खोजतलास गर्दै जाने क्रममा शनिबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।