प्रशारण लाइनको तारमा मान्छे चढेपछि बिजुली उत्पादन बन्द
काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति बिजुलीको प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।
ककनी गाउँपालिका-७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।
प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका-१३ घलेगाउँका माइला विक प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेर त्यहीँ बसेपछि ५ /६ घण्टादेखि विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ती व्यक्ति बिहान १० बजेतिर बिजुलीको खम्बा हुँदै प्रशारण लाइनको तारमा चढेपछि करेन्ट लाग्ने सम्भावना भएका कारण विद्युत उत्पादन बन्द गर्नु परेकाे हाे ।
बिहान ११ बजेदेखि ६५ मेगावट बिजुली प्रणालीभन्दा बाहिर छ । बिजुली बन्द गर्नुपर्दा यसको व्यवस्थापनका लागि कतै लाइन बन्द गर्ने, कतै कम क्षमतामा बिजुली पठाउने र भारतबाट ल्याएर उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
स्थानीयका अनुसार विक मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । प्रहरी र स्थानीयले त्यहाँबाट ओलर्न आग्रह गरे पनि उनी त्यहीँ बसिरहेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया