NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

एमाले सचिवालयको बैठक सुरू, भुसाललाई कारबाही गर्नेबारे एजेण्डा छैन : सचिव अर्याल

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यलय च्यासलमा सुरू भएको छ ।

स्थानीय तह निर्वाचनको समिक्षा, आगामी निर्वाचानको तयारी, केन्द्रीय विभागको पूर्णता र जननिर्वाचित प्रतिनिधिहरूको प्रशिक्षणसम्बन्धमा छलफल केन्द्रीत रहने सचिव पद्यमा अर्यालले जानकारी दिएन् ।

एमालेले जननिर्वाचित प्रतिनिधिका लागि असार ३ र ४ गते काठमाडौंमा अभिमुखिकरण र प्रशिक्षण कार्यक्रम राखेको छ ।

महासचिवको नेतृत्वमा आइतबार बसेको केन्द्रीय कार्यलय बैठकले तयार गरेको एजेण्डामाथि बैठकमा छलफल हुने अर्यालले बताइन् । नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारवाही सिफारिस गरेको सम्बन्धमा बैठकको एजेण्डा नभएको उनले बताइन् ।