स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा, महिलामाथि कुटपिट गरेको आरोप
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक महिलालाई कुटपिट गरेको जाहेरी परेपछि प्रहरीले उनलाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो ।
तुलसीपुर उपमहानगर–५ स्थित एक महिलाले वलीले आफूलाई घरमै आएर कुटपिट गरेको प्रहरीमा उजुरी गरेकी थिइन् । महिलाको उजुरीपछि सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
नियन्त्रणमा रहेकी वलीलाई अभियोगबारे प्रहरीले अहिले सोधपुछ गरिरहेको छ ।
तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमलाले नेकपा खारेजीपछि माओवादी केन्द्र रोजेकी थिइन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया