विपद् रोकथामका लागि पूर्वअभ्यास
खलङ्गा । हिमाली जिल्ला जुम्लामा विपद्का घटना घट्ने याम सुरुभएसँगै रोकथामका लागि पूर्वअभ्यास गरिएको छ । चन्दननाथ नगरपालिकामा विपद्बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको छ ।
सुरक्षाकर्मीले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकासम्म प्रदर्शन गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताए ।
जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा चन्दननाथ नगरपालिका, १ स्थित तिला नदी र आसपासको भिरमा व्यावहारिक अभ्यास गरेको प्रशासनले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि व्यावहारिक अभ्यास गरेर सिकाइएको बताए ।
सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गर्नेदेखी नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र ग्यासमा लागेको आगो निभाएको बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया