एमालेले अर्थमन्त्रीको राजीनामा माग राखि संसद अवरोध गरेपछि बैठक स्थगित
काठमाडौं । अर्थमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरोध गरेपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रीकै कार्यकक्षमा बोलाइ राजश्व हेरफेर गरेको अरोप लगाउँदै मन्त्रीको राजीनामा मागेको हो ।
विपक्षी दलबाट संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक बुधबार बिहान ११ बजेसम्का लागि स्थगित गरेका हुन् ।
जेठ १४ गते राति चुकुल लगाएर पूर्वनासुले राजश्व हेरफेर गरेको समचार सञ्चारमाध्यमा प्रकाशित भएपछि एमालेले अर्थमन्त्रीबाट गम्भीर राष्ट्रघात भएको आरोप लगाउँदै आएको छ ।
बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि बजेट पारित गर्ने कार्यतालिका थियो । तर एमालेको अवरोधपछि कार्यतालिका प्रभावित भएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया