एमालेले अर्थमन्त्रीको राजीनामा माग राखि संसद अवरोध गरेपछि बैठक स्थगित
काठमाडौं । अर्थमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरोध गरेपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रीकै कार्यकक्षमा बोलाइ राजश्व हेरफेर गरेको अरोप लगाउँदै मन्त्रीको राजीनामा मागेको हो ।
विपक्षी दलबाट संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक बुधबार बिहान ११ बजेसम्का लागि स्थगित गरेका हुन् ।
जेठ १४ गते राति चुकुल लगाएर पूर्वनासुले राजश्व हेरफेर गरेको समचार सञ्चारमाध्यमा प्रकाशित भएपछि एमालेले अर्थमन्त्रीबाट गम्भीर राष्ट्रघात भएको आरोप लगाउँदै आएको छ ।
बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि बजेट पारित गर्ने कार्यतालिका थियो । तर एमालेको अवरोधपछि कार्यतालिका प्रभावित भएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया