ट्रिनिटी कलेजका सुरक्षागार्डमाथि खुकुरी प्रहार
काठमाडौं । काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजका एक सुरक्षा कर्मचारीमाथि खुकुरी प्रहार भएको छ । घटनालगत्तै प्रहरीले यसमा संलग्नको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो दुई पक्षबीच भएको झडप नियन्त्रणको प्रयासमा खटिएका कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको हो ।
कानमुनि चोट लागेका सुरक्षा गार्डलाई मोडेल अस्पताल भर्ना गरिएको थियो । अवस्था सुधारोन्मुख भएपछि उनलाई डिस्चार्ज गरिएको छ ।
१० दिनअघिको बास्केटबल प्रतियोगिताका क्रममा भएको मनमुटावले मंगलबार दिउँसो दुई पक्षबीच झडप भएको थियो । तनावपछि कलेका सुरक्षागार्डले नियन्त्रणको प्रयास गरेका थिए । त्यही क्रममा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले घटनामा संलग्नको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू सबै कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया