राष्ट्रहित विपरीत सम्झौता गर्दिनँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हित प्रतिकुल हुने गरी कुनै पनि सम्झौता नगर्ने प्रष्ट्याएका छन् ।
अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे प्रश्न उठेपछि देउवाले सत्ता गठबन्धनको बैठकमामा देशको सार्वभौमिकतामाथि प्रश्न उठ्ने गरी सम्झौता नगर्ने प्रष्ट्याएका हुन् ।
प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितको बैठकमा सम्झौता भन्दा बाहिर आएका विषयवस्तुमा सत्यता नभएको पनि प्रष्ट्याएका हुन् ।
कानुनमन्त्री गाेविन्द बन्दीले पनि संसदमा स्टेट पार्टनरसीप प्राेग्रामबारे कुनै प्रस्ताव नै नअाएकाे बताएका छन् । सांसदकाे प्रश्नकाे जवाफ दिंदै यस्ताे बताएका हुन् ।
बैठकमा सहभागी भएका नेकपा एसका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट एसपीपीबारे प्रष्ट धारणा आएको बैठकपछि संचारकर्मीलाई बताएका हुन् ।
बैठकमा के भनेका थिए देउवा ?
‘मुलुकको हितमा नहुनेगरी म सम्झौता गर्दै गर्दिनँ । एसपीपी पहिलेदेखि नै चर्चामा आएको विषय हो । यसमा सबैको सहमति नहुजेसम्म सम्झौता हुँदैन । कसैले गर् भन्छ भनेपनि म गर्दिनँ । यो २०१५ मा नै अमेरिकाले प्रस्ताव गरेको विषय हो । तर अहिले सुनियोजित रुपमा विवाद झिक्ने काम गरिएको छ । एसपीपी सम्झौता गर्नका लागि अमेरिकाले कुनै दबाब दिएको छैन । म अघि बढ्दा पनि बढ्दिनँ ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया