NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

दुर्घटना प्रतिकार्य अभ्यासका लागि त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आज दिउँस आधा घण्टाका लागि बन्द हुने भएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आज ३ बजे विमानस्थलमा दुर्घटना प्रतिकार्य अभ्यास हुन गइरहेकाले आधार घण्टाका लागि बन्द हुने जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिरणको मापदण्ड अनुसार विमानस्थलमा आइपर्न सक्ने विभिन्न आपत्कालिन अवस्थामा प्रतिकार्यको लागि यो अभ्यास गर्न लागिएको हो ।

यसमा प्रतिकार्यका लागि परिचान हुने रेस्पोन्डिङ एजेन्सीज सम्बद्ध आपतकालिन योजना, कार्यविधि, यन्त्र उपकरण, जनशक्तिलगायत सञ्चार व्यवस्थापनको क्षमता जाँच गरिनेछ । सँगै देखिएका कमजोरीलाई हटाइ संयन्त्रलाई चुस्त र दुरुस्त राखिने उसिटौलाले बताए ।

विमानस्थलमा हुने यो अभ्यासको अवधीभर आकाशमा धुँवाको कालो मुस्लो देखिनेछ भने दमकल, फायर फाइटरलगायतका रेस्पोन्डिङ एजेन्सीजहरु पनि सक्रिय रहनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष