NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप २५ जनामा कोरोना पुष्टि, ९७ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९०५ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा १९ र एन्टीजेन विधिमा ६ जना गरी थप २५ जनामा कारोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २४८ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । नेपालमा कारोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएकोल छ । त्यस्तै बिहीबार ९७ जना संक्रिय संक्रमित छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १ लाख ६८ हजार २१७ रहेको छ ।

No photo description available.