गण्डकी प्रदेशको आगामी बजेट ३५ अर्ब ९० करोड ९० लाख
काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
चालु आर्थिक वर्षको लागि लार्ग प्रदेश सरकारबाट कूल ३० अर्ब ५ करोड ६७ लाख बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्ममा रू ११ अर्ब ४८ करोड ६ लाख ४४ हजार अर्थात विनियोजनको ३८ दशमलव २ प्रतिशत खर्च भएको छ । सोही अवधिमा कूल विनियोजनाको जम्मा ३७ दशमलव ८ प्रतिशत मात्र खर्च भएको थियो ।
आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।
यस्तो छ बजेटको पूर्णपाठ :
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया