NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठसहित)

काठमाडाैं । कर्णाली सरकारले आगामी आर्थिक वर्ष२०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.५८ प्रतिशत हो ।

यस्तै चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रहेको छ । यो कुल बजेटको अर्थात २८.११ प्रतिशत प्रतिशत हो । त्यसैगरी प्रदेश सरकारले वित्तीय हस्तान्तरणतर्फ ४ अर्व १ करोड ५७ लाख २९ हजार अर्थात १२।३१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षको तुलनामा विनियोजनको ७७.०३ प्रतिशत अर्थात २८ अर्ब १५ करोड ४६ लाख ३५ हजार खर्च हुने अनुमान कर्णाली प्रदेशको  छ ।

कर्णाली प्रदेशले अन्तर प्रदेश सरकारको रूपमा रहेको घाटगाउँ-साल्मा-कोरालाबास-कुल्मिमोरा सडक निर्माण गर्न ४५ करोड विनियोजन गरेको छ ।

यस्तो छ बजेटको पूर्णापाठ :