NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ (बिक्रीदर) १२५ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२४ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

यसअघि जेठ ३१ गते मंगलबार १ डलरको भाउ (बिक्रीदर) १२५ रुपैयाँ १६ पैसा र खरिददर १२४ रुपैयाँ ५६ पैसा पुगेर हालसम्मकै उच्च विन्दुमा पुगको थियो । बुधबार डलरको भाउ केही सम्हालिएको थियो ।

त्यस्तै युरोपियन युरो एकको खरिददर भने १३० रूपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर आज ८६ रुपैयाँ ६० पैसा पुगेको छ । यसको बिक्रीदर ८७ रुपैयाँ ०२ पैसा पुगेको छ ।

क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९३ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५० रुपैयाँ ८९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६२ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३४ रुपैयाँ १८ पैसा छ । जापानी येन आज खरिददर ९ रूपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३३ रुपैयाँ  २१ पैसा र बिक्रीदर ३३ रुपैया ३७ पैसा रहेको छ ।