NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई एमालेको दुई दिने अभिमुखिकरण तालिम काठमाडाैंमा

काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा जननिर्वाचित आफ्ना प्रतिनिधिहरूलाई दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

पार्टी स्कुल विभागद्वारा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रम बिहीबार र शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

बिहान ११ बजे सुरू हुने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् । प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष तथा नगरपालिकाका मेयर÷उपमेयर सहभागी हुनेछन् ।

वैशाख ३० मा भएको निर्वाचनमा दोस्रो दल रहेको एमालेले १२३ अध्यक्ष र १२६ उपाध्यक्ष तथा ८२ प्रमुख र १२३ उपप्रमुख पद जितेको थियो ।