एसपीपी सम्झौता ओली सरकारले अगाडि बढाएको हो : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी सैन्य सम्झौता ओली सरकारको पालामा अगाडि बढेको आरोप लगाएका छन् ।
सहिद रितबहादुर खड्का स्मृति दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यलय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रघात गर्नेहरू नै हावा राष्ट्रवादको प्रचार गरेको आरोप लगाए ।
‘जो आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरूले नै हावा राष्ट्रवादको प्रचार गर्दैछन् । एसपीपी सम्झौता भइसक्यो रे भनेर जस्तो प्रचार गरिएको छ’, उनले भने, ‘वास्तवमा याे सम्झौता २०१९ ओली सरकारले अगाडि बढाएकाे हाे । गठबन्धनको नेताको हैसियतले कुनै हालतमा एसपीपी सम्झौता नहुने म प्रतिवद्धता जनाउन चाहन्छु ।’
उनले विगतको कमिकमजोरी सच्चाउँदै गठबन्धन अझै मजबुद बनाउँदै लैजाने बताए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया