पार्टीभित्रकै शकुनीहरूले एमालेलाई हराए, तिनीहरूको उचित हिसाब किताब हुन्छ : अध्यक्ष ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्रकै शकुनी, मिर्जाफर र मिरिकासीमहरूले एमालेलाई हराएको आरोप लगाएका छन् ।
एमालेबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मतिभ्रष्ट प्रवृत्ति त्याग्नुपर्ने बताए ।
‘पार्टीभित्र बंगालका सेनापति मिर्जाफर र मिरिकासीम जस्ता विरोधीको सेवा गर्ने सकुनी छन् । एमालेका नेता तथा कार्यकर्ता भएर निष्ठाच्यूत हुन सरम लाग्नुपर्ने हो’, उनले भने, ‘पार्टीभित्र पदको उपयोग पनि गरिरहेका छन् । तर काम चाहिँ नेतृत्वप्रति घृणा फैलाउने र विरोधीलाई सहयोग गर्ने काम गरिरहेका छन् । तिनीहरूको हिसाबकिताब समयक्रममा हुनेछ ।’
सरकारले अहिले पनि एमालेलाई २०६ सिट जित्न नदिन राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । विरोधीहरूको महासंग्रामकोबीच पनि एमालेका उम्मेदवारहरूले सर्वाधिक लोकप्रिय भोट पाएकाले जनताको पक्षमा काम गर्न उनले निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया