अमेरिकी सैन्य सम्झौता एसपीपीमा सरकारले सहमति गरेको छैन, गर्दैन : गृहमन्त्री
काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएका छन् ।
अमेरिकी सैन्य सम्झौताबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले एसपीपीबारे सरकारले कुनै सहमति गरेको प्रष्टिकरण दिएका छन् ।
‘अमेरिकी सैन्य सम्झौता एसपीपी सम्बन्धमा नेपाल सरकारले कुनै सहमति गरेको छैन । गर्ने सोच पनि सोच राखेको पछि छैन’, उनले भने, ‘ नेपालको भूमि मित्रराष्टको विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन दिइदैन । यसमा सरकार प्रतिवद्ध छ ।’
राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरूले चर्को विरोध गरेका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया