अमेरिकी सैन्य सम्झौता एसपीपीमा सरकारले सहमति गरेको छैन, गर्दैन : गृहमन्त्री
काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएका छन् ।
अमेरिकी सैन्य सम्झौताबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले एसपीपीबारे सरकारले कुनै सहमति गरेको प्रष्टिकरण दिएका छन् ।
‘अमेरिकी सैन्य सम्झौता एसपीपी सम्बन्धमा नेपाल सरकारले कुनै सहमति गरेको छैन । गर्ने सोच पनि सोच राखेको पछि छैन’, उनले भने, ‘ नेपालको भूमि मित्रराष्टको विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन दिइदैन । यसमा सरकार प्रतिवद्ध छ ।’
राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरूले चर्को विरोध गरेका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया