NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप १६ जनामा कोरोना पुष्टि, १६ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जना निको भइ घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार २६२ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

त्यस्तै बिहीबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ९५ जना सक्रिय संक्रमित छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १ लाख ३१ हजार ३३ रहेको छ ।

No photo description available.

ताजा अपडेट

नेपालवाच विशेष