एसपीपी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्छ : भीम रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सैन्य कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम’(एसपीपी)बारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वरक्षा मन्त्रीसमेत रहेका रावलले सत्यतथ्य छानविन गर्न माग गरेका हुन् ।
बैठकमा रावलले एसपीपीबारे भएका अहिलेसम्मका गतिविधि छानविन गरी वास्तविकता जनतासामु ल्याउन रक्षामन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
‘राष्ट्रसँग जोडिएको यस्तो संवेदनशील विषयमा सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्न माग गर्छु’, उनले भने, ‘एसपीपीमा सम्झौतामा वास्तविकता के हो ? अहिलेसम्म भएका सबै गतिविधिका सम्बन्धमा कागजात अध्ययन गरिनुपर्छ ।’
बैठकमा उनले नेपाल एसपीपी सम्झौताको पक्षमा नभएको पत्र अमेरिकालाई पठाउनसमेत परराष्ट्रमन्त्रीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे परराष्ट्रमन्त्रीले लुकाउन खोजिएको भन्दै उनले मन्त्रीमाथि आक्रोस पोखे ।
एसिया प्रशान्त हेर्ने अमेरिकाको सैन्य प्रमुखको नेपाल भ्रमणपछि एसपीपी सम्झौता सार्वजनिक भएपछि संसदीय समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बोलाएको थियो ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया