सरकारले पैसा नदिएपछि शिक्षण अस्पतालले स्थगित गर्यो बीमा कार्यक्रम

काठमाडौं । स्वास्थ्य बीमा गरेकाले अब त्रिभुवन शिक्षण अस्पतालबाट बीमावापतको उपचार सेवा नपाउने भएका छन् । बीमा कार्यक्रम लागू भएदेखि सरकारले भुक्तानी नदिएका कारण यो कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको हो ।
उक्त कार्यक्रम अन्तर्गत बिमतीहरूको उपचार सेवा प्रदान गरवापत नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गनुपर्ने थियो ।
तर, २०७७ मंसिरदेखि सरकारले अस्पताललाई बीमा रकम भुक्तानी नगरेका भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको सूचना प्रकाशन गरेको छ । अस्पतालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि बीमा कार्यक्रम स्थगन भएको जनाएको हो ।
हाल काठमाडौं उपत्यकामा वीर, पाटन, शहिद धर्मभक्तराष्ट्रिय प्रत्यारोपण केन्द्र, मनमोहन कार्डियोथोरासिक, शहिद गंगालाल हृदय केन्द्रलयातका सरकारी अस्पतालमा बीमा कार्यक्रम सञ्चालनमा छ ।
प्रतिक्रिया