सरकारले पैसा नदिएपछि शिक्षण अस्पतालले स्थगित गर्यो बीमा कार्यक्रम
काठमाडौं । स्वास्थ्य बीमा गरेकाले अब त्रिभुवन शिक्षण अस्पतालबाट बीमावापतको उपचार सेवा नपाउने भएका छन् । बीमा कार्यक्रम लागू भएदेखि सरकारले भुक्तानी नदिएका कारण यो कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको हो ।
उक्त कार्यक्रम अन्तर्गत बिमतीहरूको उपचार सेवा प्रदान गरवापत नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गनुपर्ने थियो ।
तर, २०७७ मंसिरदेखि सरकारले अस्पताललाई बीमा रकम भुक्तानी नगरेका भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको सूचना प्रकाशन गरेको छ । अस्पतालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि बीमा कार्यक्रम स्थगन भएको जनाएको हो ।
हाल काठमाडौं उपत्यकामा वीर, पाटन, शहिद धर्मभक्तराष्ट्रिय प्रत्यारोपण केन्द्र, मनमोहन कार्डियोथोरासिक, शहिद गंगालाल हृदय केन्द्रलयातका सरकारी अस्पतालमा बीमा कार्यक्रम सञ्चालनमा छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया