बेँसीसहर–चामे सडकमा पहिरो खस्यो, आवागमन अवरुद्ध

लमजुङ । बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।
खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए ।
उनले भने, ‘त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक अवरुद्ध बनाइरहेको छ ।’
प्रहरीका अनुसार १०–१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध बनाएको छ ।
यतिबेला डुमे्र–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेँसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
प्रतिक्रिया