धार्केका किसानले नियन्त्रणमा लिए मल बोकेका दुई ट्रक (भिडियोसहित)
काठमाडाैं । धादिङस्थित धार्केका किसानले डिएपी, युरिया मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुई ट्रक कब्जामा लिएका छन् । मलको चरम अभाव झेलिरहेका किसानले केही बोरा आफैंसँग लिएर गएका छन् ।
बालिमा हाल्ने रासायनिक मलको अभाव भएपछि मल बोकेर आएको २ वटा ट्रकलाई रोकेर मल नियन्त्रणमा लिन खोजेको धार्केका एक स्थानीयले बताए ।
दुई ट्रकमा ल्याइएको करिब ४०० बोरा मल अवैध भेटिएपछि धादिङको चरौदीमा नियन्त्रणमा लिइएको थियो । सशस्त्रका दुई प्रहरीले काठमाडौं ल्याउँदै गरेको मल शनिबार दिउँसो धार्केका स्थानीयले नियन्त्रणमा लिएर खोसेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
ट्रकमा रहेका दुई सशस्त्र प्रहरी स्थानीयसामु निरीह बनेको र आफ्नो टोली पुगेर स्थानीयलाई तितरबितर पारेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
खानीखोला प्रहरीका अनुसार, करिब ५०–६० बोरा मल स्थानीयले आफैंसँग लिएर गएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया