दुर्घटनामा २६ मलामी घाइते

धादिङ । मलामी बोकेर मैदीतर्फ जाँदै गरेको स्वाराज गाडी आज मैदीभन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
स्वराज ट्रकको पछाडि बसेका मलामी घरतर्फ जाँदै थिए । सोही अवस्थामा दुर्घटना भएको हो ।
बा४ख १२२९ नंको गाडि नीलकण्ठ नगरपालिका–८ मैदीभज्याङमा दुर्घटना भएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।
दुर्घटनामा घाइते भएका पाँच जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । छ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने १५ जनाको सामान्य उपचारपछि घर फर्किएका छन् । दुर्घटनापछि सवारी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया